Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबारसम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित

मंगलबारसम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित

दैनिकी न्यूज

४, श्रावण २०७७
मंगलबारसम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित
images

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सरेको छ । पार्टीका दुई अध्यक्षबीचको सहमति कायम गर्न थप समय लाग्ने भन्दै स्थायी कमिटी बैठक सारिएको हो ।

आज अपरान्ह ३ बजेका लागि तय गरिएको स्थायी कमिटी बैठक दुई दिन पछि सारिएको हो । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक २० गतेदेखि निरन्तर स्थगित हुँदैआएको छ ।

शनिबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा दुई अध्यक्षले सहमति गरेरै पार्टीको आन्तरिक गतिरोध अन्त्य गर्ने विषयमा एकमत हुनुभएपछि सहमतिको प्रयासका लागि पुनः बैठक सारिएको छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - १३:५०:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology