काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३ लघुवित्तसहित ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
आज शेयर सूचिकृत गर्नेमा किसान माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स, चौतारी लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।
नेप्सेका अनुसार किसानको २ लाख ५ हजार ९ सय ९२.७५ कित्ता, आरम्भको ४२ हजार २ सय ८० कित्ता, चौतारीको १ लाख ३० हजार २ सय कित्ता र अरुण भ्यालीको ६ लाख ५३ हजार १ सय ९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
यो शेयर नेप्सेमा सूचिकृत र डिम्याट खातामा आएसँगै दोस्रो बजारमा लगानीकर्ताहरुले कारोबार गर्न सक्नेछन् ।