Logo

आइतवार, श्रावण २४ गते २०८३

images

साल्ट ट्रेडिङका प्रबन्धकसहित ६ जना पक्राउ

साल्ट ट्रेडिङका प्रबन्धकसहित ६ जना पक्राउ

दैनिकी न्यूज

५, श्रावण २०७७
साल्ट ट्रेडिङका प्रबन्धकसहित ६ जना पक्राउ
images

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा साल्ट ट्रेडिङका लिमिटेडका प्रवन्धकसहित ६ जनालाई पक्राउ गरेको छ।

प्रवन्धक पंकज जोशी, काठमाडौं महानगरपालिका वडा नं. १ का तोप्चा उक्यान, ताहाचलका रवि श्रेष्ठ, नागार्जुन नगरपालिका वडा नं. ६ का नरेश लामिछाने पक्राउ परेका हुन्। यस्तै काठमाडौं महानगरपालिका वडा नं. ५ का दिनेश गुरुङ र काठमाडौं १३ का शशि लामिछाने पक्राउ परेका छन्।

उनीहरुको साथबाट प्रहरीले ६२ हजार ३ सय रुपैयाँ बरामद भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित प्रवन्धककै घरबाट कालिमाटी प्रहरी बृत्तले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुको साथबाट तीन बुक तास समेत बरामद भएको छ।

पक्राउ परेका ६ जनालाई ५ दिन म्याद थप गरि कालिमाटी प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :श्रावण ५, २०७७ सोमवार - १०:२४:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology