ललितपुर । एक ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका वडा नंं १३ झरुवारासीबाट १९ वर्षीय प्रकाश कार्कीलाई पक्राउ गरेको छ ।
उनको घर मकवापनुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. १९ रहेको छ ।
झरुवारासीमै बस्ने कार्कीले ६ वर्षिय बालिकालाई जबर्जस्ती करणी गरेको बालिकाको आरोपको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।
आरोपित कार्कीलाई हाल प्रहरी हिरासतमा राखिएको र पहिलो पटक ५ दिनको म्याद थप भइ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।