काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
आइबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज (सोमबार) तोलामा २ सय रुपैयाँले घटेर कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ८६५ रहेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदीको भाउ प्रति तोलामा ५ रुपैयाँले घटेर १००० रुपैयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर आइतबार चाँदी प्रति तोला १००५ रुपैयाँमा कारोबार भएको थियो ।