ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १३ एकान्तकुनास्थित न्यू लक्ष्मीनारायण सुनचाँदी पसलबाट करिब २० लाख ५२ हजार २ सय ६५ रुपैयाँ बराबरको सुनचाँदीका विभिन्न गहनाहरु चोरी भएको छ । सोही महानगरपालिका कुसुन्ती घर भएका बरुण घतानीको उक्त पसलमा गएराति कोही नभएको अवस्थामा चोरी भएको बताइएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परीसर ललितपुरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङले जानकारी दिए ।