काठमाडौं । देवः विकास बैंकको ८ दशमलव ५५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज )नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले बोनस वापतको २७ लाख १६ हजार ४२१ दशमलव २९ कित्ता शेयर साउन ५ गते सोमवार सूचीकृत गराएको हो । सूचीकृत भएपनि लगानीकर्ताहरुको हितग्राही खातामा बोनस शेयर जम्मा भएपश्चात मात्र कारोबार गर्न सकिनेछ ।