Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

दैनिकी न्यूज

५, श्रावण २०७७
आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय
images

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन बन्द गरिएको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सुचारु हुने भएको छ । भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुला गर्ने सरकारले सोमबार निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान भदौ १ देखि सुरु गर्ने निर्णय भएको छ, त्यसका लागि आवश्यक कार्यविधि बनाउने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ।’
सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गर्दै आएको छ । पछिल्लो पटक साउन ७ गते सम्म लकडाउन थपिएको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०७७ सोमवार - २१:४३:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology