Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पानीको वहाव वर्षकै उच्च, कोशी ब्यारेजका ४६ वटा ढोका खोलियो

पानीको वहाव वर्षकै उच्च, कोशी ब्यारेजका ४६ वटा ढोका खोलियो

दैनिकी न्यूज

६, श्रावण २०७७
पानीको वहाव वर्षकै उच्च, कोशी ब्यारेजका ४६ वटा ढोका खोलियो
images

काठमाडौं । सप्तकोशी नदीमा बाढीको वहाव यस बर्षकै उच्च तहमा पुगेको छ । आज बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक पुगेको छ । पानीको यो वहाव वर्षकै उच्च भएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेण्ड पानीको वहाव मापन हुँदा खतराको तह पार गर्ने जनाइएको छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । ब्यारेजका दुई वटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको कन्ट्रोल रुमले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ । त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई बुधबार विहानसम्म उच्च सतर्कता साथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरिएको छ ।

स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ । अहिले पनि पानी पर्ने क्रम जारी रहेकाले सप्तकोशीमा अझै बाढीको वहाव बढ्न सक्ने जनाइएको छ ।

images
प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - ०८:५५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology