काठमाडौं । साउन २५ गतेदेखि सिभिल लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो।
लघुवित्तले साधारण सभा हकप्रद निष्काशनका लागि एकैपटक असार १५ गते बुकक्लोज गरेकाले १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन्।
हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत सि आश्वा प्रणाली तथा मेरो शेयर मार्फत अनलाईबाट आवेदन दिन सकिन्छ।
लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। हकप्रदमा सेञ्चुरी क्यापिटल, सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन्।
हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद भदौ १४ गते बैंकिङ्ग समयसम्म रहेको छ।
हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ छ । हकप्रदपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ।
लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट फागुन १४ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो।