Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेकपाको स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित

नेकपाको स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित

दैनिकी न्यूज

६, श्रावण २०७७
नेकपाको स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित
images

काठमाडौं । पार्टीभित्र देखिएको गतिरोध समाधान गर्न बसेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा १५ मिनेट बसेको बैठक मुलुकभर परेको बाढी, पहिरोको कारण १३ गतेसम्मको लागि स्थगित भएको नेता देबेन्द्र पौडेलले जानकारी दिए ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

सोमबारदेखि जारी अविरल वर्षाले पारेको जनधनको क्षतिको लागि उद्धार र राहतमा जुट्ने प्रस्ताव पारित गर्दै बैठक एक हप्ता स्थगित गर्ने निर्णय गरिएको उनले बताए ।

बैठकले केहीदिनदेखि मुलुकभर जारी बाढी पहिरोको उद्धारमा जुट्ने प्रस्ताव पारित ग¥यो,’ उनले भने । विहान ११ बजेका लागि तय गरिएको बैठक नेताहरुको व्यस्तताका कारण भन्दै दिउँसो १ बजेको लागि सारिएको थियो । स्थायी कमिटी बैठक अघि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । २ अध्यक्षको बैठक लगत्तै बसेको बैठक स्थगित भएको हो ।

मंगलबार विहान प्रचण्डले महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग छलफल गरेका थिए । त्यस्तै मंगलबार नै बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि प्रचण्डले छलफल गरेका थिए ।

images
प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - १४:२२:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology