रौतहट । ईशनाथ नगरपालिका वडा नं. ४ स्थितबाट श्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित ईशनाथ नगरपालिका–४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा सवार उनलाई जाँच गर्दा उनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
साथै उक्त साइकलबाट पशु आहाराको बोरा १ थान, कापी ३ पिस, खाने तेल ४ लिटर र खरि १ किलो समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।