Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुधबार सुनचाँदीको भाउ ह्वात्तै बढ्दै बनायो नयाँ रेकर्ड

बुधबार सुनचाँदीको भाउ ह्वात्तै बढ्दै बनायो नयाँ रेकर्ड

दैनिकी न्यूज

७, श्रावण २०७७
बुधबार सुनचाँदीको भाउ ह्वात्तै बढ्दै बनायो नयाँ रेकर्ड
images

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज –बुधबार) तोलामा १ हजार ३ सय रुपैयाँले बढेर कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज (बुधबार) छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ, जुन हालसम्मकै उच्च भाउ हो । त्यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ५६० रहेको छ ।

त्यस्तै आज (बुधबार) चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदीको भाउ प्रति तोलामा ९५ रुपैयाँले बढेर ११३५ रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार चाँदी प्रति तोला १०४० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :श्रावण ७, २०७७ बुधवार - ११:०२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology