Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ट्राफिक प्रहरीले सुरु गर्‍यो मापसे जाँच

ट्राफिक प्रहरीले सुरु गर्‍यो मापसे जाँच

दैनिकी न्यूज

७, श्रावण २०७७
ट्राफिक प्रहरीले सुरु गर्‍यो मापसे जाँच
images

काठमाडौं । आजदेखि ट्राफिक प्रहरीले सवारीसाधन जाँचमा कडाइ गर्ने भएको छ । सरकारले ११ चैतदेखि गरेको लकडाउनको अन्त्य गर्दै सबै प्रकारका सवारीसाधन सञ्चालनको अनुमति दिएपछि ट्राफिक प्रहरीले जाँचमा कडाइ गर्ने भएको हो । 

यसअघि ट्राफिक प्रहरीले कोभिड–१९ को जोखिम बढेको भन्दै सवारी जाँच गर्न छाडेको थियो ।

सरकारले सबै प्रकारका सार्वजनिक सवारी सञ्चानल गर्ने अनुमति दिएपछि आजैदेखि सवारी जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । 

‘सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रुले सामाजिक दूरी कायम गरे, गरेन्न् भन्ने बारेमा समेत ट्राफिक प्रहरीले अनुगमन गर्ने ढकालको भनाइ छ ।

images
प्रकाशित मिति :श्रावण ७, २०७७ बुधवार - १२:५३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology