Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज नेप्से १७ अंकले गिरावट, होटल्स समुहका लगानीकर्ताहरु भए मालामाल

आज नेप्से १७ अंकले गिरावट, होटल्स समुहका लगानीकर्ताहरु भए मालामाल

दैनिकी न्यूज

७, श्रावण २०७७
आज नेप्से १७ अंकले गिरावट, होटल्स समुहका लगानीकर्ताहरु भए मालामाल
images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.५० अंकले घटेको छ । आज नेप्से १७.५० अंकले परिसूचक घटेर १ हजार ४३२.४४ विन्दुमा आएर बन्द भएको छ ।

१८३ ओटा कम्पनीको ३८ हजार ९३८ वटा कारोबारमा १ अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ रुपैयाँ बराबरको ३५ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ३.९० अंकले घटेर ३ सय ३.१४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज कारोबारमा आएका १२ वटा उसमूहमा रहेका १ वटा समूहको शेयर मुल्य बढेको छ । बाँकी ११ वटा समूहको शेयर मुल्यमा गिरावट आएको छ । आज होटल्स समूह १३४.४५ अंकले बढेको छ । उता बैंकिङ समूह २१.५१ प्रतिशत, व्यापार समूह ७.९४ अंक, विकास बैंक ३.८३ अंक, जलविद्यूत समूह १३.०३ अंक, वित्त समूह ७.१६ अंक, निर्जिवन विमा समूह ५.५४ अंक, उत्पादन समूह २०.९५ अंक, अन्य १४.३४ अंक, लघुवित्त १५.१ अंक, जीवन विमा समूह ७१.६ अंकले गिरावट आएको छ ।

यस दिन एनआईएशिया लघुवित्तको उच्च कारोबार भएको छ, जसको यस दिन १८ करोड १५ लाख ८४ हजार ८२१ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १६ करोड २३ लाख ७६ हजार २६७ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ९२ लाख ६९ ६५५ रुपैयाँ, एनएमबी बैंकको ८ करोड १३ लाख ७३ हजार ३४० रुपैया, हिमालयन डिष्टिलरीको ७ करोड ४८ लाख ८७ हजार ४७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सर्वाधिक कमाउने कम्पनी
आज ओरियन्टल होटल्सको १० प्रतिशत, तारागाउँ रिजेन्सी होटल्सको ९.९५ प्रतिशत, सोल्टी होटलको ९.४९ प्रतिशत र एनआईसी एशिया लघुवित्तको ६.४८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
आज नेपाल सेवा लघुवित्तको ८.६१ प्रतिशत, घलेम्दी हाइड्रोको ६.९० प्रतिशत, सिनर्जी पावर डेभलपमेन्टको ६.५४ प्रतिशत, जोशी हाइड्रोको ५.८८ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।

images
प्रकाशित मिति :श्रावण ७, २०७७ बुधवार - १५:२२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology