ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोका एक थुनुवामा कोरोना पोजिटिभ देखिएको छ । गतअसार १९ गते काठमाडौं जिल्ला कागेश्वरी नगरपालिका वडा नं. ५ घर भएका ६७ वर्षिय पुरुषलाई बहुविवाह मुद्धामा महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको थियो ।
६७ वर्षिय थुनुवाको स्वाब संकलन गरी पाटन हस्पिटल पठाई चेकजाँज गराउदा कोरोना पोजिटिभ आएको महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङले बताए । जिल्ला अदालत ललितपुरबाट म्याद थप भई अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।