Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुधबार १०० जना कोरोना संक्रमित थपिए, काठमाडौंका ३ जना, २०७ जना डिस्चार्ज

बुधबार १०० जना कोरोना संक्रमित थपिए, काठमाडौंका ३ जना, २०७ जना डिस्चार्ज

दैनिकी न्यूज

७, श्रावण २०७७
बुधबार १०० जना कोरोना संक्रमित थपिए, काठमाडौंका ३ जना, २०७ जना डिस्चार्ज
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ वटा प्रयोगशालामा गरिएको ३ हजार ७७९ जनामा पिसीआर परीक्षणमा १०० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे बुधबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।

आज काठमाडौंका ३ जना कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार बुधबार देशभर २० हजार ८४२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ५ हजार ३६८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

आज २०७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १२ हजार ६८४ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

आज धनुषाका ६० वर्षको पुरुष र चिनिया नागरिक ५९ वर्षिय नागरिकको मृत्यू भएको छ । योसँगैनेपालमा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :श्रावण ७, २०७७ बुधवार - १६:२७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology