Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

दैनिकी न्यूज

८, श्रावण २०७७
पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक
images

काठमाडौं । पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि गए राति ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला चट्टानसहित पहिरो झरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो । पहिरो पन्छाउन नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो ।

सो ठाउँमा झरेको पहिराले १५० मिटर सडक ढाकेको थियो । पहिरो बुधबार बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो । पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ । रासस

images
प्रकाशित मिति :श्रावण ८, २०७७ बिहिवार - ०६:३२:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology