Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा बिहीबार तीन लघुवित्त संस्थाको २५ लाख कित्ता बोनस शेयर सूचिकृत

नेप्सेमा बिहीबार तीन लघुवित्त संस्थाको २५ लाख कित्ता बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

८, श्रावण २०७७
नेप्सेमा बिहीबार तीन लघुवित्त संस्थाको २५ लाख कित्ता बोनस शेयर सूचिकृत
images

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीन लघुवित्तको २५ लाख १९ हजार ११० कित्ता बोनस शेयर सूचिकृत भएको छ । सूचिकृत गर्नेमा स्पर्श लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र समता लघुवित्त वित्तीय संस्था रहेका छन् ।


स्पर्श लघुवित्त वित्तीय संस्थाको १ लाख ७ हजार ८ सय ७१ दशमल नब्बे कित्ता बोनस सूचिकृत भएको छ ।  त्यस्तै आजै डिप्रेक्स लघुवित्त वित्तीय संस्थाको २३ लाख २० हजार २३१.३३ कित्ता बोनस शेयर, समता लघुवित्त वित्तीय संस्थाको ९१ हजार ८ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

शेयर सूचिकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताहरुको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :श्रावण ८, २०७७ बिहिवार - १२:०२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology