काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ लघुवित्तको ४६ लाख ३९ हजार ३२३ कित्ता बोनस शेयर सूचिकृत भएको छ । सूचिकृत गर्नेमा स्पर्श लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र समता लघुवित्त वित्तीय संस्था रहेका छन् ।
आज साना किसान लघुवित्त वित्तीय संस्थाको २१ लाख ४१ हजार ९४५.१४ कित्ता, स्पर्श लघुवित्त वित्तीय संस्थाको १ लाख ७ हजार ८ सय ७१ दशमलव नब्बे कित्ता बोनस सूचिकृत भएको छ ।
त्यस्तै आजै डिप्रेक्स लघुवित्त वित्तीय संस्थाको २३ लाख २० हजार २३१.३३ कित्ता बोनस शेयर, समता लघुवित्त वित्तीय संस्थाको ९१ हजार ८ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
शेयर सूचिकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताहरुको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।