Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोनाभाइरसः जोखिमपूर्ण काठमाडौं  !

कोरोनाभाइरसः जोखिमपूर्ण काठमाडौं  !

दैनिकी न्यूज

९, श्रावण २०७७
कोरोनाभाइरसः जोखिमपूर्ण काठमाडौं  !
images

काठमाडौं । काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ ।

बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ । अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन । साना चिया पसलहरुमा चिया चुरोट खानेहरुको भीड पुरानै अवस्थामा फर्किसकेको छ । ठूला क्याफेहरु पनि भरिभराउ हुन थालेका छन् ।

बिहीबार राजधानीका चाबहिल, पुतलीसडक, अनामनगरलगायतका तरकारीदेखि कपडा पसलहरुमा मानिसहरुको घुइँचो थियो ।

पसलेले एकाध पसलबाहेक अधिकांशले आउने ग्राहकको बीचमा दूरी कायम गराएका छैनन् । पसलेहरुलाई ग्राहकबीचको भौतिक दूरीभन्दा पनि व्यापारको बढी चिन्ता भएको पाइन्छ ।

धेरैले सरकारले जारी गरेको मापदण्ड पनि पूरा गरेका छैनन् । जसले गर्दा उपत्यकामा जोखिम बढ्दो देखिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - ०७:४०:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology