पाँचथर । फिदिम नगरपालिका वडा नं. १ स्थित द्धारिका थाम्सुहाङको घरमा कौडा खेलिरहेको अवस्थामा २२ पुरुष र १ महिलालाई नगद २ लाख ४७ हजार ९ सय ४५ रुपैयाँ र कौडा १७ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।