Logo

आइतवार, श्रावण २४ गते २०८३

images

महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना

महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना

दैनिकी न्यूज

१२, श्रावण २०७७
महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने २ जनामा कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई परीक्षणका लागि अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न सार्वजनिक सूचना जारी गरेको हो ।

वडा अध्यक्ष चिनियामान बज्राचार्यले एक सूचना जारी गरी उनीहरुको संसर्गमा आएकालाई यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका हुन् ।

वडा कार्यालयले गणेशमन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - १५:०२:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology