Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार काठमाडौं र ललितपुरका ६ सहित १ सय ३९ संक्रमित थपिए

सोमबार काठमाडौं र ललितपुरका ६ सहित १ सय ३९ संक्रमित थपिए

दैनिकी न्यूज

१२, श्रावण २०७७
सोमबार काठमाडौं र ललितपुरका ६ सहित १ सय ३९ संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३९ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या १८ जहार ७५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएको हो ।

आज काठमाडौंका ३ जना र ललितपुरका ३ जना गरी काठाडमौं उपत्यकामा ६ जना कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार सोमबार देशभर १६ हजार ३७९ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ४ हजार ९५० जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

आज ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन् ।

आज कोरोना भाइरसको संक्रमणबाट थप ३ एकजनाको मृत्यु भएको छ। पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

images
प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - १६:२६:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology