Logo

सोमवार, श्रावण २५ गते २०८३

images

२ करोड ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

२ करोड ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

१३, श्रावण २०७७
२ करोड ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । मेगा बैंक लिमिटेडले गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछिको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार बैंकको २ करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी असार २१ आइतबारबाट एकिकृत कारोबार थालेको थियो । गण्डकी विकास बैंक मेगामा गाभिए पछि मेगा बैंकको नामबाट कारोबार हुदै आईरहेको छ ।

मेगा बैंकले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयरको अनुपातमा प्राप्ति गरेको थियो । प्राप्ति पछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १६:४०:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology