Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा कोरोना संक्रमित ९८ पुग्यो, को हुन् मंगलबार देखिएका ४ संक्रमित ?

ललितपुरमा कोरोना संक्रमित ९८ पुग्यो, को हुन् मंगलबार देखिएका ४ संक्रमित ?

दैनिकी न्यूज

१३, श्रावण २०७७
ललितपुरमा कोरोना संक्रमित ९८ पुग्यो, को हुन् मंगलबार देखिएका ४ संक्रमित ?
images

ललितपुर । मंगलबार ललितपुरमा ४ जनामा कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

मंगलबार देखिएका संक्रमितहरुमा गोदावरी नगरपालिकाका १९ र ३३ वर्षिय पुरुष रहेका छन् । त्यस्तै ललितपुर महानगरपालिकाका ३५ र ४७ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

योसँगै ललितपुरमा हालसम्म ९८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुगेको छ, जसमध्ये महिला ४० जना र पुरुष ५८ जना रहेका छन् । ललितपुरको बुंगमतीमा ५७ वर्षिय पुरुष र टीकाथलीमा ५० वर्षिय पुरुषको निधन भएको छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - २१:०७:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology