Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गौतम निवास भैँसेपाटीमा ओलीले विताए दुईघण्टा

गौतम निवास भैँसेपाटीमा ओलीले विताए दुईघण्टा

दैनिकी न्यूज

१३, श्रावण २०७७
गौतम निवास भैँसेपाटीमा ओलीले विताए दुईघण्टा
images

ललितपुर । एकल रुपमा स्थायी कमिटीको बैठक रोक्ने निर्णय नमानेर नेकपा अर्का अध्यक्ष प्रचण्डले बहुमत नेताहरुसहित बैठक सञ्चालन गरेपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका छन् । मंगलबार बेलुका ७ बजे पत्नी राधिका शाक्यलाई साँथमै लिएर ओली गौतम निवास भैँसेपाटी पुगेका थिए । उनी दुईघण्टा त्यही बसे ।
उनले पार्टीभित्र देखिएको विवादको बारेमा छलफल गरेका छन् । मंगलबार नै प्रचण्डले राखेको बहुमत स्थायी कमिटीको बैठकमा गौतमले ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नहुने बरु अध्यक्षको अधिकार कटौती गरेर सेरेमोनियल मात्र बनाउनर प्रचण्डलाई कार्यकारी अधिकारको शक्ति बढाउन सुझाव दिएका थिए । बैठकमा आफ्ना धारणा राखेर बाहिरिएका गौतमले साँझ भने ओलीसँग दुईघण्टा छलफल गरेका हुन् ।
ओलीसँग महासचिव विष्णु पौडेल पनि थिए । पौडेलपनि भैसेपाटी नै बस्ने भएकोले ओली भैसेपाटी आएपछि गौतम निवास पुगेका हुन् ।

ओली बालुवाटार फर्केपछि गौतम र पौडेलबीच छलफल भएको थियो ।

संकटमा परेका प्रधानमन्त्री ओली गौतमको समर्थन खोज्दै उनको निवास पुगेका हुन्।
नेकपाको मंगलबारका लागि तय भएको बैठक ओलीले आधा घण्टाअघि एकतर्फी रुपमा स्थगित गरेका थिए।

त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षीय नेताहरु बालुवाटारमै गई बहुमत स्थायी समिति सदस्यहरुको बैठक बसेको थियो।

आफूले बैठक स्थगित गर्दागर्दै बालुवाटारमै बहुमत सदस्यको बैठक राखेपछि तीव्र दबाबमा परेका ओली गौतमको साथ खोज्दै उनकै निवास पुगेका हुन्।

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - २२:३०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology