Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कृषि विकास बैंकको २९ लाखको चेक र चौध लाख नगदसहित ४ जुवाडे पक्राउ

कृषि विकास बैंकको २९ लाखको चेक र चौध लाख नगदसहित ४ जुवाडे पक्राउ

दैनिकी न्यूज

१४, श्रावण २०७७
कृषि विकास बैंकको २९ लाखको चेक र चौध लाख नगदसहित ४ जुवाडे पक्राउ
images

सोलुखुम्बु । सोलुखुम्बुको सोताङबाट १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो।

सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार नगदसहित उनीहरुलाई पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री छन्।

उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाखको चेकसमेत बरामद गरिएको छ। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

यति ठूलो परिमाणमा जुवा खालबाटै जुवाडे पक्राउ परेको यो जिल्लाकै पहिलो घटना हो। रासस

images
प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - ०८:५९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology