पर्सा । पर्सामा चिकित्सक, प्रहरी, सेना र कैदीबन्दीसहित बुधबार थप ३६ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
२ वर्षदेखि ६५ वर्षको उमेरका ३६ जनामा सक्रमणको पुष्टि भएको हो । जसमध्ये ५ जना बालबालिका र १० जना महिला रहेका छन् ।
संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् । वीरगन्जका वडा नं ४, ५, ९, १०, ११, १२, १५ बिर्ता, जेलरोड, आदर्शनगर, भिस्वा, श्रीपुर, सिर्सिया, बेल्वा र हरैया बासिन्दामा संक्रमण देखिएको हो ।
१ जना चिकित्सक, कारागारमै कार्यरत नेपाल प्रहरी ३, नेपाली सेनाका १ जना, कारागारका कैदीबन्दी ६ जना, कर्मचारी २ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।