काठमाडौँ । बुधबार पनि सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ ।
अघिल्लो दिन मंगलबारको तुलनामा सुनको भाउ प्रति तोलामा ३०० रुपैयाँले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोला ९८ हजार ५ सय रुपैयामा कारोबार भैरहेको छ । तर मंगलबार छापावाल सुन तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंगलबार तेजाबी सुनको भाउ प्रति तोला ९८ हजार ६५ रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको भाउ घटेको छ । बुधबार चाँदी प्रति तोलामा २० रुपैयाँले घटेर प्रति तोला १ हजार २२५ रुपैयाँमा कारोबार भैरहेको छ । तर मंगलबार चाँदी तोला १ हजार २ सय ४५ रुपैया पुगेको थियो ।