Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काठमाडौका ४१, ललितपुरका २, भक्तपुरका २ जना सहित २७४ जना कोरोना संक्रमित

काठमाडौका ४१, ललितपुरका २, भक्तपुरका २ जना सहित २७४ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१५, श्रावण २०७७
काठमाडौका ४१, ललितपुरका २, भक्तपुरका २ जना सहित २७४ जना कोरोना संक्रमित
images

काठमाडौं । बिहीबार विभिन्न प्रयोगशालामा ६ हजार ३०४ जनाको परीक्षण गर्दा थप २७४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५१ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

आज काठमाडौंका ४१ जना, ललिलतपुरका २ जना र भक्तपुरका २ जना गरी काठमाडौं उपत्याकामा ४५ जनामा कोरोना देखिएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार २०१ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार २ सय २७ जनाको उपचार भइराखेको छ ।

आज २२७जना निको भई घर फर्किएका छन् । योसँगै हालसम्म १४ हजार २४८ जना उपचार पश्चात निको भएका छन् ।

 नेपालमा कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ । 

images
प्रकाशित मिति :श्रावण १५, २०७७ बिहिवार - १६:४१:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology