Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक

बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक

दैनिकी न्यूज

१५, श्रावण २०७७
बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक
images

काठमाडौँ । गृहमन्त्रालयले बिहीबारदेखि लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ सम्म काठमाडौँ उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकमा यात्रुहरूको स्वाब परीक्षण गर्दा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण पाइएकाले रोक लगाइएको जनाएको छ ।

रातको समयमा अत्यावश्यक सेवा र ढुवानीका साधनलाई भने ओहोरदोहोर गर्न रोक लगाइएको छैन । साथै उपत्यकाबाहेक अन्य जिल्लामा पनि अत्यावश्यक काममा बाहेक अन्तरजिल्ला सवारी पास जारी नगर्न र अन्तरजिल्ला आवागमन पूर्णरुपमा रोक लगाउन भनिएको छ ।

1.jpg

images
प्रकाशित मिति :श्रावण १५, २०७७ बिहिवार - २२:०७:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology