Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निजी अस्पतालमा कोरोना उपचार शुल्क निर्धारण

निजी अस्पतालमा कोरोना उपचार शुल्क निर्धारण

दैनिकी न्यूज

१६, श्रावण २०७७
निजी अस्पतालमा कोरोना उपचार शुल्क निर्धारण
images

काठमाडौं । निजी अस्पतालले कोरोना भाइरस रोगको उपचार गरेबापत शुल्क तोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालले कोरोना उपचार गराए बापतको रकम तोकेको हो ।

सङ्क्रमित व्यक्ति र अस्पतालको समेत सहमतिमा उपचार गर्न चाहेको खण्डमा मन्त्रालयले तहगत रूपमा दररेट तोकेको हो । तह एक, दुई र तीन गरी मन्त्रालयले प्रतिदिन लिन पाउने शुल्क तोकेको हो । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले सङ्क्रमित व्यक्ति र अस्पतालको सहमतिमा तह एक, दुई र तीन श्रेणीको अस्पताल तोकेर सङ्क्रमित व्यक्ति सामान्य अवस्थामा भए प्रतिदिन तीन हजार पाँच सय, मध्यम खालको अवस्थामा सात हजार र जटिल अवस्था भए १५ हजारसम्म रुपियाँ लिन पाउने गरी शुल्क तोकिएको बताए ।

कोरोना उपचारका लागि सूचीकृत नभएका तर शङ्कास्पद बिरामीको पीसीआर जाँच गर्नुपर्ने अवस्था भएमा सम्बन्धित अस्पतालले १० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउने निर्णय गरेको जानकारी उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - ०७:२४:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology