Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काठमाडौं महानगरपालिकाले भन्यो : उपत्यकामा कोरोना संक्रमण बढ्दैछ, सावधानी अपनाऔं

काठमाडौं महानगरपालिकाले भन्यो : उपत्यकामा कोरोना संक्रमण बढ्दैछ, सावधानी अपनाऔं

दैनिकी न्यूज

१६, श्रावण २०७७
काठमाडौं महानगरपालिकाले भन्यो : उपत्यकामा कोरोना संक्रमण बढ्दैछ, सावधानी अपनाऔं
images

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा कोभिड-१९ को संक्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भिड नगर्न आग्रह गरेको छ।

‘पछिल्ला दिनमा काठमाडौ महानगरसँगै उपत्यकाभरि नै कोरोना संक्रमण बढ्दै गइरहेको छ। जात्रा र पर्वको समय पनि सुरु भएको छ। यो हाम्रा लागि चुनौतीपूर्ण समय हो,’ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘सुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको संख्या बढेसँगै जोखिम पनि बढेको छ। यस्तो बेला हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन।’

बिहीबार सम्पन्न ५०औं कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमा छलफल गर्दै यस्तो निर्णय गरेको हो। उनले गृह प्रशासनले असुरक्षित रूपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था झन जोखिम हुने बताए।

‘अहिलेसम्मको प्रतिवेदनलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरूमै बढी संक्रमण देखिएको छ,’ उनले भने, ‘उनीहरूबाटै समुदायमा समेत कोरोना संक्रमण फैलिनसक्ने सम्भावना भएकाले सबैभन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ।’

काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले जात्रा पर्व मनाउने सन्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनुपर्ने धारण राखे। बैठकले कामपा विपद् व्यवस्थापन कोष ९सञ्चालन० कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि–२०७७ पनि पारित गरेको छ।

त्यसैगरी बैठकले भवन निर्माणको भेरियसन स्वीकृत गरेको छ भने चालू आर्थिक वर्षका लागि निर्माण सामग्रीको दररेट स्वीकृत गरेको छ। जिल्ला दररेट निर्धारण समितिले स्वीकृत गरेको निर्माण सामग्री, ज्याला, ढुवानी, भाडाको दररेट नै महानगरले स्वीकृत गरेको हो।

काठमाडौं उपत्यकामा हालसम्म ५७३ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले भने, ‘काठमाडौं उपत्यकाजस्तो उच्च जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलिएमा जटिल समस्या आउन सक्छ। सबैले सचेत हुनुपर्छ।’

पछिल्लो समय भारतबाट कामका सिलसिलामा उपत्यका प्रवेश गर्नेहरूमा संक्रमणको जोखिम उच्च देखिएको जनाइएको छ। उनले भने, ‘यसरी आउने व्यक्तिले सम्बन्धित स्थानीय तहलाई सूचना आवश्यक छ।’

जोखिममा रहेका समूहलाई परीक्षणको दायरामा ल्याउनुपर्छ। यसो भयो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुने उनको भनाइ छ। मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरिकाले प्रयोग नगर्ने प्रवृत्तिले संक्रमणको जोखिम बढेको छ।

मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशतभन्दा बढी संक्रमणको जोखिमबाट बच्न सकिन्छ।

निर्देशक डा। पाण्डेका अनुसार उपत्यकामा देखिएका कोरोनाका संक्रमितमध्ये ३५० स्थानीय छन्। उनीहरूमध्ये २१० पुरुष र बाँकी महिला छन्। संक्रमितमध्ये केहीलाई जटिलता देखिएको पनि जानकारी गराइएको छ। रासस

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - १२:४५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology