Logo

सोमवार, श्रावण २५ गते २०८३

images

च्यासलमा गरेको प्रचण्डको त्यो सम्बोधन, को हुन् नेकपाभित्र विवाद चर्काउने ?

च्यासलमा गरेको प्रचण्डको त्यो सम्बोधन, को हुन् नेकपाभित्र विवाद चर्काउने ?

दैनिकी न्यूज

१७, श्रावण २०७७
च्यासलमा गरेको प्रचण्डको त्यो सम्बोधन, को हुन् नेकपाभित्र विवाद चर्काउने ?
images

ललितपुर । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद विधि बनाउनको लागि भएको बताएका छन् ।

पुराना कम्युनिष्ट नेता तुल्सीलाल अमात्यको स्मृति सभालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकमा देखिएको विवाद पदका लागि नभएको दाबी गरे । ‘बाहिर प्रचार गरिएजस्तो नेकपाभित्रको अहिलेको बहस पदको छिनाझपटी बिल्कुलै होइन। यो बहस पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने हो’, प्रचण्डले भने, ‘राजनीतिक स्थिरता र एकताका निम्ति हामीले पद त्याग गर्दै नै आएका छौं। अहिले पार्टी एकताको रक्षा गर्दै यसलाई कसरी राम्रोसँग अगाडि बढाउने भन्ने हिसावले हाम्रो बहस अगाडि बढेको छ।’
प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि पछिल्लो एक महिनादेखि सत्तारुढ नेकपाभित्रको टकराव उत्कर्षमा पुगेको छ।
‘आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने छ, त्यो चाहनालाई कदर गर्दै हामी पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नेछौं।’
स्थायी समिति बैठकसमेत पटक पटक स्थगित गर्दै आएका नेताहरू सहमति खोज्ने अन्तिम कसरत गरिरहेका बेला प्रचण्डले एकतामै जोड दिएका हुन्।
एकता गरेको तीन वर्ष पुग्दा नपुग्दै फेरि पार्टी र जनताको भविष्य के हुन्छ भन्ने प्रश्न उठिरहेको बताउँदै प्रचण्डले अन्तरद्वन्द्व अस्वस्थ बन्दै गएको स्वीकार गरे।

‘हामी कम्युनिस्ट जालझेल, छलकपट अपनाउन सक्दैनौं, त्यसैले हाम्रो संघर्ष तिखो हुन्छ’, प्रचण्डले भने, ‘एकता बचाउने क्रममा विभिन्न एजेण्डा र प्रवृतिको फछ्र्योट पनि हुनुपर्छ।’

images
प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - १७:३२:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology