Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना संक्रमणबाट पर्सामा एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा एक महिलाको मृत्यु

दैनिकी न्यूज

१७, श्रावण २०७७
कोरोना संक्रमणबाट पर्सामा एक महिलाको मृत्यु
images


पर्सा । पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्ला दिन संक्रमितको संख्या बृद्धि हुनुको साथै मृत्यु हुने संख्या समेत बढ्दै गएको हो ।
पछिल्लो दुई दिनमा वीरगन्जमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ । शनिबार पनि कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ ।

नारायणी बयोधा अस्पतालमा मृत्यु ती महिलाको शनिबार दिउँसो मृत्यु भएको पुष्टि भएको थियो।

स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ ५० वर्षीर्या ती महिलाको मृतयुपछि कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनायो।

ती महिलाको शुक्रबार स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको थियो। उनको शुक्रबार बिहान १ण् बजे मृत्यु भएको र रिपोर्टभने राति मात्रै आएको अस्पताल स्रोतले बतायो।

 

images
प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - १९:३२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology