Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण

सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण

दैनिकी न्यूज

१७, श्रावण २०७७
सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण
images

इलाम । इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४० जना सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार साउन १३ गते उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

यसअघि पनि १० जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । यो समेत २७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । इलाम नगरपालिकाका ८९ जनाको स्वाब सङ्कलन गरेर पठाइएको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए ।

images
प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - २०:४१:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology