Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शनिबार ललितपुरमा २ जना कोरोना संक्रमित थपिए, को हुन् उनीहरु ?

शनिबार ललितपुरमा २ जना कोरोना संक्रमित थपिए, को हुन् उनीहरु ?

रामहरि कार्की

१७, श्रावण २०७७
शनिबार ललितपुरमा २ जना कोरोना संक्रमित थपिए, को हुन् उनीहरु ?
images

ललितपुर । शनिबार ललितपुरमा २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । शनिबार ललितपुरमा देखिएका २ जना ललितपुरका अस्थायी बासिन्दा रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । शनिबार देखिएका देखिएका ललितपुर महानगरपालिकाका २८ वर्षको पुरुष र २८ वर्षको महिला रहेका छन् । योसँगै ललितपुरमा हालसम्म ११३ जना कोरोना संक्रमित भएका छन्, पुरुष ६९ पुरुष र महिला ४४ जना रहेका छन् । ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।

शुक्रबार ६ जना संक्रमित
शुक्रबार ललितपुरका विभिन्न स्थानका ६ जना पुरुषमा कोरोना पोजिटिभका विरामी थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमले यसको पुष्टि गरेका हुन् । शुक्रबार ललितपुरमा देखिएका २ जना ललितपुरका स्थायी बासिन्दा हुन् भने बाँकी ४ जना बाहिरी जिल्लाबाट ललितपुरआई अस्थायी रुपमा बसेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । शुक्रबार देखिएका संक्रमितमा पनौती–६ काभ्रे घर भई ठेचो बस्ने वर्ष ६४ को पुरुष, बागमती गाउँपालिका वडा नं. २ घर भई सांग्रिला क्वारिन्टिनमा बस्ने वर्ष २५ को पुरुष, महालक्ष्मी नगरपालिका वडा नं. ४ स्थायी घर भएका वर्ष २८ का पुरुष, विहार घर भई राम मन्दिर कालोपुल सानेपा बस्ने वर्ष २२ को पुरुष, गरुडा–३ रौतहट घर भई हाल कृष्णमन्दिर इमाडोल बस्ने वर्ष २१ को पुरुष र गरुडा–७ रौतहट घर भई हाल इमाडोल शिवटोल बस्ने ३६ को पुरुष रहेका छन् । ६४ वर्षका पुरुष २ हप्ता अगाडि काभ्रेबाट, २५ वर्षका पुरुष ३ हप्ता अगाडि दुवईबाट, २८ वर्षका पुरुष २ हप्ता अगाडि साउदीबाट, २२ वर्षका पुरुष २ दिन अगाडि भारतबाट, २१ वर्षका पुरुष २ दिन अगाडि रौतहटबाट र ३६ वर्षका पुरुष ५ दिन अगाडि रौतहटबाट ललितपुर आएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । शुक्रबार बिहान ललितपुरको पाटन अस्पतालमा ६५ वर्षिय महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो । वीरगन्ज महानगरपालिका–११ स्थायी घर भएर ललितपुर महानगरपालिका–५ थसिखेल बस्ने ती महिला साउन ६ गते ज्वरो, खोकी र स्वासप्रश्वसामा समस्या आएपछि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन हस्पिटल रेफर गरिएको थियो ।

बिहीबार ७ जना संक्रमित
बिहीबार ललितपुरका ७ जना कोरोना संक्रमित भएका थिए । संक्रमितहरुमा ललितपुर महानगरपालिकाभित्र स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने रहेका छन् । स्वास्थ कार्यालय ललितपुरका बीरगन्ज–१३ पर्सा घर भई हाल सिटि भ्यू अपार्टमेन्ट सानेपा बस्ने वर्ष ५२ वर्षका पुरुष, ललितपुर–१० कुपण्डोल ज्वागतका ५९ वर्षका पुरुष, ललितपुर–१० कुपण्डोल ज्वागलका ४९ वर्षिय महिला, बारा घर भई हाल सानेपा चोक बस्ने वर्ष २५ का पुरुष रहेका छन् । त्यस्तै सर्लाही स्थायी घर भई हाल सानेपा बस्ने वर्ष २० को पुरुष, हेटौडा–१५ शिखरपानी, मकवानपुर घर भई ग्वार्को बस्ने वर्ष २० को पुरुष र गरुडा–४ रौतहट घर भई हाल सानेपा बस्ने वर्ष ३० का महिला रहेका छन् ।

 

images
प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - २१:१६:३७ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology