Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ट्राफिक महाशाखा सिल

ट्राफिक महाशाखा सिल

दैनिकी न्यूज

१८, श्रावण २०७७
ट्राफिक महाशाखा सिल
images

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ।

महाशाखाका एसएसपी भीमप्रसाद ढकालले अहिले सिल गरेर को(को सँग सम्पर्कमा आएका थिए भन्ने लिष्ट बनाउँदै गरिएको बताए । उनले क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको बताए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - १०:०५:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology