Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु

कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु

दैनिकी न्यूज

१८, श्रावण २०७७
कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु
images

काठमाडौं । कोरोना संक्रमणका कारण भारतमा एक मन्त्रीको मृत्यु भएको छ। भारतमा प्रदेश मन्त्रीको कोरोनाको कारण मृत्यु भएको हो ।

बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको हो।

उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको बीबीसी हिन्दीले लेखेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरेका छन्।

कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री थिइन्। सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो।

images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - १२:३२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology