Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१२ जना जुवाडे ३ लाख नगदसहित रंगेहात पक्राउ

१२ जना जुवाडे ३ लाख नगदसहित रंगेहात पक्राउ

दैनिकी न्यूज

१८, श्रावण २०७७
१२ जना जुवाडे ३ लाख नगदसहित रंगेहात पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय याम बहादुर श्रेष्ठ लगायत १२ जना पक्राउ परेका छन् ।

नगद ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - १२:३५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology