काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.७८ अंकले घटेर १ हजार ३९६.२८ को विन्दुमा आएर कारोबार बन्द भएको छ । त्यस्तै त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ८.१८ अंकले घटेर २९२.७७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ४६ लाख ६१ हजार ६०८ कित्ता सेयर १ अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ रुपैयाँमा कारोबार भएको छ । यस दिन २७ हजार ८६० वटा कारोबार भएको छ ।
कोरोना भाइरसका संक्रमित थपिदै गएपछि सेयर बजार पनि घट्दै गएको छ । कोरोना संक्रमितहरुको संख्या घट्दै गएपछि लकडाउन केही खुकुलो भएपनि हाल संक्रमितहरु थपिदै गएपछि बजार घट्न पुगेको लगानीकर्ताहरु बताउँछन् । कोरोना संक्रमितहरु बढ्दै गएमा फेरि लकडाउनको अवस्था आउला र बजार बन्द होला भन्ने अनुमानमा लगानीकर्ताहरुले भएको प्रफिट बुकिङ गरेको एक लगानीकर्ताले बताए ।
आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहको शेयर मूल्यमा गिरावट आएको छ । आज बैंकिङ समूह ४१.४८ अंक, व्यापार समूह १६.७ अंक, होटल्स समूह ७१.४३ अंक, विकास बैंक समूह ५४.४ अंक, जलविद्युत समूह १४.४१ अंक, वित्त समूह १४.२५ अंक, निर्जिवन विमा समूह २३१.६६ अंक, उत्पादन समूह ६६.६२ अंक, अन्य समूह १२.२६ अंक, लघुवित्त समूह ७४.७७ अंक, जीवन विमा समूह २८३.८ अंक र म्युचल फण्ड समम्ूह ०.०७ अंकले गिरावट आएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २२ करोड ६५ लाख १७ हजार ७५ रुपैयाको कारोबार भएको छ । यो दिन नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख ८२ हजार ५४३ रुपैयाँ, एनएमबी बैंकको ८ करोड ४१ लाख ७२ हजार ८६५ रुपैयाँ, हिमालयन डिष्टिलरीको ७ करोड ३५ लाख १२ हजार २५६ रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ९९ लाख २६ हजार ३५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ४ वटा कम्पनीको शेयर मूल्यमा पोजिटभि सर्किट लागेको छ । चौतारी लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशत, अजोड इन्स्योरेन्सको ९.९७ प्रतिशत, नेपाल फाइनान्सको ९.६३ प्रतिशत, छयाङ्गी हाइड्रोपावरको ९.४१ प्रतिशतत, आँखुखोला जलविद्युत कम्पनीको ८.७७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यो दिन जोशी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ९.७२ प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लग्यो । त्यस्तै ओरियन्टल होटल्सको ७.८८ प्रतिशत, हिमालयन उर्जाको ७.८४ प्रतिशत, खानीखोला हाइड्रोपावरको ७.२७ प्रतिशत, तारागाउँ रिजेन्सी होटल्सको ६.४९ प्रतिशत, आरएसडिसी लघुवित्तको ५.७४ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।
लकडाउन अन्त भएपछि देशभर कोरोना महामारी समुदायस्तरमै फैलिसकेको समाचार आइरहनु र कतिपय सहरहरुले लकडाउनलाई निरन्तरता दिन थालेपछि त्यसको सोझो असर सेयर बजारमा समेत पर्न थालेको विश्लेषकहरु बताउँछन्। अब देशभर नै लकडाउन हुने भयले समेत लगानीकर्ताहरुमा ठूलो भय र त्रास उत्पन्न भएको उनीहरुको ठम्याइ छ। सोही भय र त्रासले साना लगानीकर्ताहरु अत्तालिँदै बजारबाट बाहिरिन थालेका छन्।