Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पर्सामा सेना, प्रहरी र पत्रकारसहित ७३ जना कोरोना संक्रमित

पर्सामा सेना, प्रहरी र पत्रकारसहित ७३ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१९, श्रावण २०७७
पर्सामा सेना, प्रहरी र पत्रकारसहित ७३ जना कोरोना संक्रमित
images

पर्सा । पर्सामा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालाले आइतबार राति सार्वजनिक गरेको रिपोर्टमा ७३ जना सङ्क्रमित भएको पुष्टि भएको हो ।

सङ्क्रमितमा ६१ जना पुरुष र १२ जना महिला रहेका छन् । 

सङ्क्रमण पुष्टि भएकामा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक पनि रहेक छन् ।

नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना रहेका छन् ।

आइतबार मात्रै यसै वडामा २७ जना सङ्क्रमित थपिएका थिए ।

images
प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - ०९:०२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology