ललितपुर । ललितपुर महानगरपालिकाले कानून मिचेर आर्थिक वर्ष २०७६/७७ मा ६७ लाख मूल्य बराबरको सवारी साधन खरीद गरेको पाइएको छ । अर्थ मन्त्रालयसँग स्विकृत लिएर सवारी साधान खरीद गर्नुपर्नेमा महानगरपालिकाले स्वीकृत बेगर ४ वटा सवारी साधन खरीद गरेको हो ।
ललितपुर महानगरपालिका स्रोतअनुसार ६२ लाख ९० हजारको २ वटा पानी ट्यांकी गत आर्थिक वर्षमा खरीद गरिएको छ । त्यसैगरी २ लाख ४९ हजार ९ सयमा १ थान मोटरसाइकल र २ लाख २४ हजारमा १ थान स्कुटर पनि महानगरपालिकाले गत आर्थिक वर्षमै खरीद गरेको छ । बोलपत्रमार्फत यी सवारी साधन खरीद गरिए पनि अर्थमन्त्रालयसँग स्वकिृत नलिई गरेपछि त्यसमाथि प्रश्न उठेको छ ।
सवारी खरिदमा जस्तै सीसीटीभी जडान पनि प्रकृया विपरीत गरेको पाइएको छ । महानगरपालिकाले गत आर्थिक वर्षमा आफ्ना विभिन्न वडामा ६० वटा सीसीटीभी जडान गरेको छ । यी सीसीटिभी जडान गर्दा कुल ६९ लाख १८ हजार ३ सय ५२ भुक्तानी गरेको छ ।
नियमानुसार एकमुष्ट प्रतिस्पर्धा गराएर खरीद गर्नुपर्नेमा त्यसो नगरी टुक्रा पारेर खरीद गरिएको छ । यसरी टुक्रा पारी उपभोक्ता समिति र सोझै समेत कार्य गरेको बताइन्छ । प्रकृया पु¥याएर जडान गर्दा आफू अनुकुलका व्यक्तिले नपाउने भएकाले नियम मिचेर मनमरी गरिएको महानगरपालिकाका एक कर्मचारी बताउँछन् । यो खबर आजको साँघु साप्ताहिकमा छापिएको छ ।