Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

१९, श्रावण २०७७
मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । देशभर सामान्यदेखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, वाग्मती प्रदेश र प्रदेश न ५ का केही स्थानहरु अन्य प्रदेशका एक दुई स्थानमा अहिले बर्षा भएको छ ।

देशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

साउन १ गते (सोमबार)

दिउँसोः देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर-पश्चिम प्रदेश एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन २० गते (मंगलबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र प्रदेश ५ का एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य वदली रही थोरै स्थानहरु तथा वांकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै  स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २१ गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश न १ प्रदेश न २ र बाग्मती प्रदेशका केही स्थानहरु तथा वाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - १०:३१:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology