काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.५९ अंकले बढेर १ हजार ४०३.८६ को विन्दुमा आएर कारोबार बन्द भएको छ । त्यस्तै त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि १.४७ अंकले बढेर २९४.२४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ५३ लाख ४२ हजार ८५१ कित्ता सेयर १ अर्ब २९ करोड २ लाख ५२ हजार २१३ रुपैयाँमा कारोबार भएको छ । यस दिन १६ हजार ६६६ वटा कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १२ वटा समूह मध्ये ९ वटा समूहको शेयर मूल्य बढेको छ । बाँकी ३ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । आज बैंकिङ समूह ७.०५ अंक, व्यापार समूह ९.४४ अंक, होटल्स समूह ३३.७७ अंक, विकास बैंक समूह ६.२४ अंक, निर्जिवन विमा समूह ४६.७१, उत्पादन समूह ८.१५ अंक, अन्य समूह ३.८२ अंक, लघुवित्त समूह १५.७३ अंक, जीवन विमा समूह ५८.७४ अंकले बढेको छ भने जलविद्युत समूह ३.५५ अंक, वित्त समूह ०.८४ अंक र म्युचल फण्ड समूह ०.०६ अंकले गिरावट आएको छ ।
आज प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै ३४ करोड २९ लाख ६० हजार ५०० रुपैयाँको कारोबार भएको छ । यो दिन नेपाल पुनर्बीमा कम्पनी १० करोड ४ लाख १७ हजार ६३९ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३२ लाख १४ हजार ८८ रुपैयाँ, एनआईसी एशिया बैंकको ५ करोड १५ लाख ५१ हजार ७६६, एनएमबी बैंकको ४ करोड ५५ लाख ७९ हजार ३४८ रुपैयाँ, नबिल बैंकको ३ करोड ४९ लाख ३७ हजार ४४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ३ वटा कम्पनीको शेयर मूल्यमा पोजिटिभि सर्किट लागेको छ । अजोड इन्स्योरेन्सको १० प्रतिशत, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ९.९२ प्रतिशत, नेपाल फाइनान्सको ९.४६ प्रतिशत, नेपाल सेवा लघुवित्तको ७.२७ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ६.५४ प्रतिशत, ओरियन्टल होटल्सको ६.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यो दिन दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ६.९० प्रतिशतको गिरावट आएको छ । त्यस्तै युनियन हाइड्रोपावरको ६.५६ प्रतिशत, जोशी हाइड्रोपावरको शेयर मूल्य ६.१५ प्रतिशतले शेयर मूल्य गिरावट आएको छ ।