काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ ।
प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमण देखिएपछि प्रहरीको उपस्थिती रहने कार्यालय अख्तियारमा आइतबार १ सय ८० जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको थियो । जसमध्ये १५ जनामा कोरोना संक्रमण देखिएको हो ।
अख्तियारमा काजमा कार्यरत एक प्रहरीमा ज्वरो देखिएपछि उनीसहितका प्रहरी र कर्मचारी तथा अख्तियारका पदाधिकारीहरुको स्वाब संकलन भएको थियो । जसमध्ये १५ जना कर्मचारीमा कोरोना पुष्टि भएको र पुष्टि हुनेमा प्रहरीको संख्या बढी रहेको अख्तियारले जनाएको छ ।
कोरोना पोजिटिभ देखिएकाहरुलाई आइसोलेसनमा राखी उनीहरुको सम्पर्कमा आएकाहरु पत्ता लगाउने काम स्वास्थ्य मन्त्रालय मातहतको टोलीले गरिरहेको छ ।