काठमाडौं । मंगलबार विभिन्न प्रयोगशाला ७ हजार ६८७ वटा पिसिआर परीक्षण गर्दा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोनाबाट संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ ।
आज काठमाडौंका ४८ जना, ललितपुरका १ जना र भक्तपुरका १३ जना गरी काठमाडौं उपत्याकामा ६२ जनामा कोरोना देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल आइसोलेसनमा ५ हजार ९ सय २५ जनाको उपचार भइराखेको छ । क्वारिन्टिनमा १० हजार ४५२ जना रहेका छन् । हालसम्म ४ लाख ६ हजार ९०७ जनाको पिसिआरबाट परीक्षण गरिएको छ ।
गत २४ घण्टाभित्र ६५ जना निको भई घर फर्किएका छन् । हालसम्म १५ हजार २६ जना उपचार गरी घर फर्किएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५८ पुगेको छ ।