Logo

आइतवार, श्रावण २४ गते २०८३

images

उपत्यकामा अहिलेसम्मकै धेरै ६२ कोरोना संक्रमित थपिए

उपत्यकामा अहिलेसम्मकै धेरै ६२ कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२०, श्रावण २०७७
उपत्यकामा अहिलेसम्मकै धेरै ६२ कोरोना संक्रमित थपिए
images

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६२ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि काठमाडौंमा उपत्यकामा एकदिनमा सबैभन्दा धेरै ५३ कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए । उनले काठमाडौंका ४८, भक्तपुरमा १३ र ललितपुरमा १ जना कोरोना संक्रमित थपिएको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौका ३८ जना र भक्तपुरका ११ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षण काठमाडौंका पाँच जनामा कोरोना देखिएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक जना कोरोना संक्रमित थपिएका छन् । स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा काठमाडौका दुई जना र भक्तपुरका एक जनामा कोरोना देखिएको छ ।

विआइ एच ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका तीन जनामा कोरोना देखिएको छ ।

भक्तपुर कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । मंगलबार देशैभर २५९ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - २०:४७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology