Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्रीलाई विज्ञहरूको सुझावः कडा लकडाउन गर्नुस्

प्रधानमन्त्रीलाई विज्ञहरूको सुझावः कडा लकडाउन गर्नुस्

दैनिकी न्यूज

२१, श्रावण २०७७
प्रधानमन्त्रीलाई विज्ञहरूको सुझावः कडा लकडाउन गर्नुस्
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य विज्ञहरूले पुनः कडा लकडाउन गर्न वा २१ दिनसम्म कफ्र्यु लगाउन सुझाएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित बढेसँगै प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञसहित केही राजनीतिक दलका नेतृत्वसँग मंगलबार छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरूले कोरोनाको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कफ्र्यु लगाउनेसम्मका सुझाव आएको जानकारी दिए । ‘विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थान सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन्,’ उनले भने ।

सल्लाहकार थापाले अस्पतालमा पूर्वाधार बढाउन आइसियू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिएको जानकारी दिए । प्रधानमन्त्रीले विभिन्न खाले सुझाव आएकामा सरकारले आवश्यक र जायज सुझाव कार्यान्वयन गरी अगाडि बढ्ने र सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने बताएका थिए ।

छलफलमा सहभागी जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेले देशमा बढिरहेको कोरोना संक्रमण नियन्त्रणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल भएको जानकारी दिए । उनले परीक्षणको दायरा व्यापक बढाएर संक्रमित क्षेत्रलाई आवश्यकताअनुसार कडाइ गर्ने वा दुई साता लकडाउन गर्ने, लकडाउन प्रभावकारी नभएमा कर्फ्यु लगाउने वा संक्रमित क्षेत्रलाई सिल गर्ने जस्ता सुझाव दिएको बताए ।

उनले परामर्शमा सहभागीहरूले मास्कको प्रयोग र व्यक्तिगत दुरी कायम गराउन कडाइ गर्नुपर्ने, आइसोलेसन तथा अस्पतालको क्षमता बढाउन अधिकतम प्रयास गर्नुपर्ने, नेपाली नागरिकबाहेकलाई सिमानामा कडाइ गर्ने, संक्रमित क्षेत्रबाट भइरहेको आवतजावत नियमन गर्ने, संगठित बसोबासका पेसामा पनि जनस्वास्थ्यका मापदण्ड लागु गराउनेलगायत सुझाव आएको बताए ।

प्रधानमन्त्री ओलीले विज्ञको रायलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी) तथा मन्त्रिपरिषद्मा छलफल गरेर कार्यान्वयन गर्ने बताएको समेत उनले उल्लेख गरेका छन् ।

छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पाटीका अध्यक्ष महन्त ठाकुर, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा अर्थमन्त्री युवराज खतिवडालगायत उपस्थिति थिए ।

राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - ०६:१९:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology